वैशाख २८ र २९ गते मतदान गर्ने तरिका सिकाउन निर्वाचन आयोगको निर्देशन – Nepal Press

वैशाख २८ र २९ गते मतदान गर्ने तरिका सिकाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौ । निर्वाचन आयोगले वैशाख २८ र २९ गते गरेर दुई दिनमा मतदान गर्ने सही तरिका सिकाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६ सय ७६ वटा निर्वाचन अधिकृतको कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले मतदान स्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिका सिकाउन निर्देशन दिएको हो ।

निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ । जस अनुसार मतदानको दिन वैशाख ३० गते उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन मतदान गर्ने सही तरिका सिकाउन निर्देशन दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर