मतसंकेत गर्न नसक्नेको हकमा आफन्तले मतदाताको रोहबरमा मत संकेत गर्न पाउने – Nepal Press

मतसंकेत गर्न नसक्नेको हकमा आफन्तले मतदाताको रोहबरमा मत संकेत गर्न पाउने

काठमाडौं । कुनै मतदाता आफै मत संकेत गर्न नसक्ने अवस्था भएमा उसको नजिकको मान्छे वा आफन्तले मत संकेत गर्न पाउने भएका छन् ।

दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने आयोगले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

तर, कुनै मतदाता दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मत संकेत गर्न नसक्ने अवस्थामा मत संकेत गर्ने काममा सहयोग पुर्‍याउन मतदान अधिकृतलाई अनुरोध गरेमा त्यसो गर्न सकिने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार मतदान अधिकृतलाई उक्त कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा मतदाताकै इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्न पाउने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको छ ।

कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको पनि आयोगले विज्ञप्तीमार्फत स्पष्ट पारेको छ । दृष्टि विहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिंदा एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने आयोगले जनाएको छ ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफनाे साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर