हरिकृष्ण व्यञ्जनकारसँग १ दिन (भिडिओ) – Nepal Press
के छ माहोल ? सिरिज ३

हरिकृष्ण व्यञ्जनकारसँग १ दिन (भिडिओ)

काठमाडौं । स्थानीय चुनावको मतदानको दिन आउन एक सातामात्र बाँकी छ । अहिले उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याइ छ ।

चुनावी माहोलको रौनकतामा रापिएको क्षेत्र हो ललितपुर महानगरपालिका । अघिल्लो स्थानीय चुनावमा मेयरमा कडा प्रतिस्पर्धीको रूपमा उभ्याएका हरिकृष्ण व्यञ्जनकारलाई नेकपा एमालेले यो पटक पनि अघि सारेको छ ।

७४ को चुनवमा यहाँ नेपाली कांग्रेसका चिरीबाबु महर्जनले जितेका थिए । अहिले पनि दुईजनाबीच नै प्रतिस्पर्धा हुँदैछ । चिरीबाबु गठबन्धनबाट उम्मेदवार छन् ।

व्यञ्जनकारलाई अघिल्लो पटकको हारलाई यो पटक जितमा परिणत गर्ने चुनौती र चिरीबाबुलाई दोस्रोपटक ललितपुरको सत्ताको बागडोर सम्हाल्ने चुनौती छ ।

नेपाल प्रेसले आज ललितपुर महानगरपालिमा हेवीवेट उम्मेदवारमध्येका एक हरिकृष्ण व्यञ्जनकारको घरदैलो कार्यक्रमको माहोल पस्किएको छ ।

भिडिओ : उमेश कार्की । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर