१ करोड ७७ लाख मतपत्र छपाइ सकियो : आयोग – Nepal Press

१ करोड ७७ लाख मतपत्र छपाइ सकियो : आयोग

काठमाडौं । निर्वाचन आयोगले ७२ जिल्लाको मतपत्र छापिसकेको छ । आयोगले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार ७२ जिल्लाक लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सकिएको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

आयोगका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म उपलब्ध तथ्यांक अनुसार देशभरि १ लाख ५३ हजार २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पदका आधारमा उम्मेदवारी दर्ता गराउनेको संख्या यसप्रकार छ-

प्रमुख- ३५१० जना

अध्यक्ष- ३३८७ जना

उपप्रमुख- २१६८ जना

उपाध्यक्ष- २४०१ जना

वडा अध्यक्ष- ३५३५३ जना

महिला सदस्य- २६५३२ जना

दलित महिला सदस्य- २३९३२ जना

सदस्य- ५५७२० जना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर