काठमाडौंको मेयर बन्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा – Nepal Press

काठमाडौंको मेयर बन्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

हेटौंडा । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बन्न लागेका केशव स्थापितले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले वागती प्रदेशका सभाामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

आजैदेखि लागू हुने गरी स्थापितले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि भरतपुरको मेयर बन्न विजय सुवेदीले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । अब वागमतीमा एमालेका दुई सदस्य घटेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर