साढे ६ वर्षपछि खुलेको काष्ठमण्डप (तस्बिरहरु) – Nepal Press

साढे ६ वर्षपछि खुलेको काष्ठमण्डप (तस्बिरहरु)

काठमाडाैं । २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सकिएको छ ।

पुनर्निर्माण सम्पन्न भएपश्चात् आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

विनाशकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुन निर्माण सुरु भएको थियो ।

काष्ठमण्डप पुनर्निर्माण गर्न करिब ८ हजार क्यू फिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्यु फिट काठ प्रयोग भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए ।

सोमबार उद्घाटन भएसँगै साढे ६ वर्षपछि सर्वसाधारणका लागि पनि खुल्ला भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर