प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा देउवालाई जयशंकरले भेटेका हुन् ।

तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । देउवा आजै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यलयमा जाने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर