उपप्रमुख महिलाले प्रमुख मागेकोमा ओलीको जवाफ- माग सकारात्मक छ, अस्वस्थ क्याम्पेन नगर्नुस् (भिडिओ) – Nepal Press

उपप्रमुख महिलाले प्रमुख मागेकोमा ओलीको जवाफ- माग सकारात्मक छ, अस्वस्थ क्याम्पेन नगर्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाल उपाध्यक्ष र उपमेयरको भूमिका रहेका महिलालाई एक तह माथिको पदमा लैजान मागमा आफू सकारात्मक रहेको बताएका छन् । तर यो माग राखेर अस्वस्थ क्याम्पेन नगर्न उनले महिला नेताहरुलाई आग्रह गरका छन् ।

अखिल नेपाल महिला संघको केन्द्रीय समिति बैठकमा सहभागी महिला नेता तथा महिला जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला प्रमुख र उपप्रमुखहरुले तुलनात्मक रुपमा स्वच्छता र सफलताका साथ सम्पन्न गरेको बताए ।

ओलीले भने– अहिले देशभर महिला अधिकांश उपप्रमुख छन् । एक तह प्रमोसन पाउनु राम्रो हुन्छ भन्ने माग छ । महिला प्रमुख भएका ठाउँमा निरन्तरता होस् र महिला उपप्रमुखले माथिल्लो तहमा टिकट पाउने अवस्था नभए पनि अहिलेको पदमा कायमै राखियोस् भन्ने पनि छ । महिलाहरु उपमात्र होइन प्रमुखमा राम्रो संख्या हुनुपर्छ । यो कुरामा पार्टी गम्भीर छ तर अस्वस्थ क्याम्पेन नचलाउनुस् ।

यो चुनाव पार्टीले लड्ने भएकाले पार्टीका नीति निर्देशनबाहिर नजान उनले निर्देशन समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर