डा. मिश्रको विश्लेषण- कांग्रेसमा सिण्डिकेट भएकाले मधेसवादीहरू एमाले प्रवेश गर्न थाले – Nepal Press
नेपाल टक

डा. मिश्रको विश्लेषण- कांग्रेसमा सिण्डिकेट भएकाले मधेसवादीहरू एमाले प्रवेश गर्न थाले

‘मधेसमा आउने चुनावमा एमाले बलियो र मधेसवादी दल कमजोर हुन्छन्’

जनकपुरधाम । ठीक पाँच वर्षअघि यो बेला मधेसमा केपी ओलीलाई प्रवेश निषेध थियो भने एमाले भनेपछि भौतिक आक्रमणसमेत हुन्थ्यो । एमालेका कार्यक्रम प्रायः महेन्द्र राजमार्ग क्षेत्रमा सीमित हुन्थे । कोर मधेसमा एमालेविरोधी माहौल जबर्जस्त स्थापित थियो ।

यतिसम्म कि, एमालेबाट निर्वाचित भएको भनेर राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिर जाँदा विरोधमात्र गरेनन्, मधेसवादी आन्दोलनकारीले राष्ट्रपति फर्किएपछि विधवाले मन्दिरमा पूजा गरेको भनेर पानीले पखाल्ने जस्तो हर्कत समेत भए ।

तर, ५ वर्षमा परिस्थिति ठीक उल्टिएको छ । हिजो एक नम्बर मधेसविरोधी करार भएका केपी ओली आज कोर मधेसमा डुलिरहेका छन् । ओलीलाई र एमालेलाई मधेसविरोधी भन्नेहरू आज ओलीकै हातबाट टिका लगाएर एमाले प्रवेश गरिरहेका छन् ।

पछिल्लो समय ओलीको मिसन मधेस बनेको छ भने हिजोका मधेस आन्दोलनकारी र मधेस आन्दोलनबाट चर्चित भएर चुनाव जितेका जनप्रतिनिधिहरू कार्यकाल सकिनै लाग्दा एमाले प्रवेश गरिरहेका छन् । ओलीले यसबीचमा मधेसमा आक्रामण्क अभियान चलाइरहेका छन् ।

पछिल्लो समय मधेसमा एमालेप्रति नेता मात्र होइन्, जनताको क्रेज पनि बढेको देखिन्छ । अब मधेसमा मधेसकेन्द्रित दल कमजोर र विगतमा मधेसविरोधी आरोप लागेका एमालेको पक्कड मजबुत बन्दै गएको हो ? के ओलीप्रति मधेसी जनताको सोच बदलिएको छ ? यही विषयवस्तुमा केन्द्रित भएर मधेसका जानकार एवं राजनीतिक विश्लेषकडा. विजय मिश्रसँग गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

– अहिले मधेसका नोटेड फिगरहरू, महानगरपालिकादेखि गाउँपालिकासम्मका जनप्रतिनिधि र मधेस आन्दोलनका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरिरहेका छन्, यसलाई कसरी विश्लेषण गर्ने ?

मुख्यतः एमालेले फुटेकाले हो । कांग्रेसमा पनि प्रवेश गर्न चाहन्छन् मानिसहरू । अहिले एमालेमा प्रवेश गरेका वीरगञ्जका मेयरले कांग्रेसमा जाने प्रयास गरेका थिए । तर, एमालेमा गए ।

नेपाली कांग्रेसभित्र सिन्डिकेट सिस्टम छ । नेताहरू बढी स्वार्थी छन् । नेपाली कांग्रेसभित्र भरोसा गर्न सकिने ठाउँ छैन । जस्तो, कसले टिकट पाउँछ भन्ने कुरा नोमिनेसनको एक दिन अघिसम्म ग्यारेन्टी हुँदैन । एमालेमा चाहिँ के छ भने ओलीले गरेको निर्णय लागू हुन्छ । ओलीले नै टिकटको ग्यारेन्टी लिन्छन् । त्यसैले पनि ओलीले वचन दिएपछि मान्छेहरू एमालेमा गइहाल्छन् । तर, कांग्रेसमा कसलाई कतिबेला टिकट दिन्छन्, निश्चित हुँदैन ।

अर्कातिर कांग्रेसमा निर्णय गर्न एकदमै ढिला गर्ने सिस्टम छ । अन्तिम समयमा आएर पक्का गर्ने गर्छन् । क्रियाशील सदस्यता वितरण गर्दा पनि के गर्छन् भने आफ्नो वर्चश्व कम भयो भने सदस्यता बाँड्दै नबाँड्ने । कम सदस्यमै चित्त बुझाएर बस्ने, तर संगठन विस्तार नगर्ने सोचाइ भएका मान्छेको वर्चश्व बढी छ कांग्रेसमा ।

यता एमालेतिर भने पार्टी फुटेपछि बढीभन्दा बढी मान्छे ल्याएर संख्यात्मक रूपमा बढी देखाउने चाहना छ ओलीको । संख्या बढी देखिएपछि पार्टीको शक्ति नघटेको जस्तो पनि देखिन्छ । त्यसैले उनीहरू खटिरहेका छन् ।

– जानकी मन्दिरमा राष्ट्रपतिलाई प्रवेश गर्दा जल चढाएर सफा गर्ने उग्र क्रान्तिकारी मधेसवादीहरू नै अहिले एमालेमा प्रवेश गरेका छन्, यसलाई कसरी बुझ्ने ?

जुन तरिकाले मधेसको मुद्दा उठाइयो, ती मुद्दा उठाउनेहरू नक्कली मधेसवादी रैछन् भन्ने जनताले बुझिसके । तपाईंले भन्नुभयो, राष्ट्रपतिको विरोध गर्‍यो । राष्ट्रपति आउँदा अतिथिको रूपमा सम्मान गर्नुको साटो विरोध गरेर उनीहरूले गलत गरेकै हो । अहिले बिस्तारै उनीहरूले गलत गरेको बुझेछन् । राजनीतिमा सहनीशल भएर अगाडि बढ्नुपर्ने हुन्छ । उच्छृंखल जमात देखाउने पाटो भिन्न हो ।

मधेस आन्दोलन चलिरहँदाको जनकपुरकै एउटा घटना हो । एउटा पहाडी मूलका नेपाली घरजग्गा बेचेर अन्यत्र गए । उनको जग्गामा चापाकल थियो रे । त्यो चापाकालमा आसपासका धेरै मानिस गएर नुहाउँथे । पानी पनि लगेर पिउँथे । तर, उनले घरजग्गा बेचिसकेपछि खरिद गरेका मधेसी मुलका व्यक्तिले घेराबेरा लगाए ।

गाउँमा दुई/चार सय भोट तान्न सक्ने खालका मान्छे हुन्छन् । त्यस्ता मान्छेहरू सीके राउतको पार्टीमा आएका छैनन् । उनीहरूको मुद्दामा भने सकारात्मक छन् । चुनावमा सीके राउतले काट्ने भनेको मधेसी दलकै भोट हो । एमालेले थप्ने भनेको मधेसकेन्द्रित दलकै भोट हो । जसपाको विस्तारै विस्तारै संकुचनमा जाने स्थिति देखिएको छ ।

अनी आसपासका ती मानिसहरूले भन्थे, ‘त्यो मान्छे भएको भए हामी पानी लिन पाउथ्यौं । नुहाउन पाउथ्यौं । तर, यी मधेसीले किनेपछि हामीलाई आउन जान पनि दिएन । हुन त उसको सम्पत्ति भयो । आउन जान दिने नदिने उसको अधिकार हो । सबैसँग मिलेर बसौं भन्ने भावना त्यो पहाडेसँग थियो तर मधेसीसँग भएन ।’

यसले के देखिन्छ भने पहाडेबिना नै हामीले सबैकुरा गर्न सक्छौं भन्ने मानसिकता बोकेर त्यो बेला राष्ट्रपतिको विरोध गरे । तर, पहाडे मधेसी मिलेरै अगाडि बढ्नुपर्छ अनि मात्रै देशको विकास सम्भव छ भन्ने प्रमाणित भइदियो । सँगै अगाडि बढ्दा मात्रै अधिकार प्राप्त गर्न सकिन्छ भन्ने भावनाको विकास हुन थालेको छ मधेसमा ।

– तपाईंले भनेअनुसार मधेस-पहाडलाई जोड्नकै लागि मधेसका नेताहरू एमालेतिर आकर्षित भएको हो ?

त्यतिबेला राष्ट्रपतिको जसले विरोध गरे, उनीहरूले ५/१० वर्ष पार्टीमा बसेर हेरे । भित्र पसेर हेरिसकेपछि नेताहरूको रबैया, साँच्चिकै मधेसप्रति भक्ति हुनुभन्दा अवसरको खोजीमा रुमलिएको देखे । त्यसपछि उनीहरू अलग हुन खोजेको देखिन्छ । वीरगञ्जका मेयरले भन्यो नी, ‘नेपालमा राष्ट्रिय पार्टीको मात्र अस्तित्व आवश्यक छ । सानोतिनो पार्टीको काम छैन ।’

राजनीतिक पार्टीको पसल खोलेर व्यापारको धन्दा गर्नेहरूबाट मान्छे वाक्क भइसके । त्यसैले मुलधारका पार्टीमा प्रवेश गर्नेहरू बढेका छन् ।

– मधेसको राजनीति सधैँ उलटफेर भइरहन्छ, कहिले मधेसवादी दल हाबी हुन्छन्, कहिले कांग्रेस र माओवादी । अब एमालेतिर गएको हो मधेसको राजनीति ?

होइन्, त्यस्तो त छैन । उनीहरू त आफ्नो सेफल्याण्डिङका लागि एमालेमा गएका हुन् । यदि त्यो ठाउँ (वीरगञ्ज) मा जित्ने क्षमता भएको कोही भइदिएको भए, एमालेले पनि लिने थिएन उहाँलाई । जस्तै माओवादीले सिरहाको क्षेत्र नम्बर २ मा सुरेशचन्द्र दासलाई टिकट दियो । उहाँ कहिले माओवादी हो ? होइन नि ! उहाँमा डेमोक्रेट छवि छ । उहाँलाई त माओवादीले संख्या बढाउन ल्याए । एमाले फुटेका कारण आफ्नो पुरानै अवस्थामा कायम गर्न वा पहिलो पार्टी हुने रणनीति अन्तर्गत पार्टी प्रवेश गराइरहेको छ । यसको मतलव एमाले राम्रो भयो भने होइन् । यसरी परिवर्तन भएर आइरहेको मान्छे दिगो हुन सक्दैन । टिकट दिएन भने छोडेर हिँडिहाल्छन् ।

– विशेषगरी जसपा, लोसपा र माओवादी दलका नेताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको छ । यसको फाइदा कांग्रेसले लिन सक्ला कि एमाले हावी होला ?

फाइदाभन्दा पनि मधेसमा एमालेको जुन अवस्था थियो, त्यो भन्दा राम्रो हुन्छ अब । सम्भावनाहरू बढेर आएको देखिन्छ । मधेसकेन्द्रित दलहरूको अवस्था नाजुक हुने लक्षण देखिएको छ । टुटफुटको अवस्था छ । कार्यगत एकताको सम्भावना छैन । नौटंकीजस्तै भयो मधेसी दलमा । राष्ट्रिय पार्टी बन्ने सुरमा सबै पार्टीले ‘मधेस’ भन्ने शब्द नै फ्याँके । मधेस शब्द फ्याँकेपछि उनीहरूले ‘मधेस’लाई नै माया गरिरहेका छन् वा छैनन्, जनतामा आशंका भयो । अब उनीहरू क्षेत्रीय मुद्दाहरू त्यति राम्रोसँग उठाउने अवस्था रहेको देखिँदैन ।

पार्टी फुटेपछि मधेस प्रदेशमै अन्य पार्टीबाट मान्छे ल्याएर मन्त्री बनाउनु परेको छ । मन्त्री बनिसकेपछि अन्य दलले पनि आफ्ना मान्छेलाई नियुक्ति दिएको होला । यसले के देखिन्छ भने अगामी निर्वाचनमा जसपा मधेसमै कमजोर हुनेछ ।

– आउने चुनावमा एमालेले महन्थ ठाकुर र सीके राउतहरूलाई समेत समेटेर लग्यो भने यहाँको समीकरण के होला ?

अहिले सीके राउतको पनि क्रेज बढेर गएको छ । आमसभा र जुलुसहरू हेर्दा मान्छे ओइरिएका छन् । पछिल्लो पटक मधेसका आठ जिल्ला घुम्दा ग्रासरुट लेभलमा सिके राउतको क्रेज देखेँ मैले । तर, जिल्ला संगठनहरू मजबुत छैन । व्यक्तिगतरूपमा मान्छेहरू धेरै आएका छन् । केन्द्रीय कमिटी मजबुत छ । जिल्ला कमिटी र गाउँ कमिटीहरू कमजोर छन् ।

गाउँमा दुई/चार सय भोट तान्न सक्ने खालका मान्छे हुन्छन् । त्यस्ता मान्छेहरू सीके राउतको पार्टीमा आएका छैनन् । उनीहरूको मुद्दामा भने सकारात्मक छन् । चुनावमा सीके राउतले काट्ने भनेको मधेसी दलकै भोट हो । एमालेले थप्ने भनेको मधेसकेन्द्रित दलकै भोट हो । जसपाको विस्तारै विस्तारै संकुचनमा जाने स्थिति देखिएको छ ।

अहिले जसपाभित्र उपेन्द्र यादवको विरुद्धमा बाबुराम भट्टराई पक्षका स्थानीय स्तरका नेताहरू बोल्न थालेका छन् । जे पनि बोलिदिन्छन् । यसले पार्टीभित्र द्वन्द्व रहेको देखिन्छ । यसले पनि चुनावमा असर गर्छ । चुनावमा टिकट दिने बेलाको वादविवादपछि त्यो आक्रोशले समस्या निम्त्याउँछ । टिकट नपाउनेले विद्रोह गर्छ र अर्को पार्टीमा जाने सम्भावना रहन्छ । सिरहाकै सुरेशचन्द्र दासले काँग्रेसबाट टिकट नपाएपछि माओवादीबाट लिएर चुनाव जिते ।

कांग्रेस र जसपाका मान्छेहरू टिकट नपाएको झोँकमा एमाले वा जनमत पार्टीमा जाने सम्भावनाहरू पनि प्रशस्त देखिन्छ । मधेसमा यो सम्भव पनि छ, सिद्धान्त मात्र बोकेर पार्टीमा लाग्ने मान्छे मधेसमा कमै छन् । अहिले मधेसमा एमालेको प्रभाव बढिरहेको छ । झन् महन्थ ठाकुर र सीके राउतसँग गठबन्धन गरेर गयो भने एमालेको प्रभाव अझै बढ्नेछ ।

– यो हिसाबले आउने तीनै तहका चुनावमा मधेसवादी दलको उपस्थिति मधेस प्रदेशमा कस्तो होला ?

तीन तहको चुनावमा समानुपातिक निर्वाचन प्रणालीले गर्दा कसैको एकल बहुमत हुँदैन । अस्ति पनि एमाले र माओवादी मिलेर अगाडि बढेपछि न बहुमत आएको हो । चुनाव त अलग-अलग दुवै पार्टी लडेका थिए । पछि त एकीकरण नै भयो ।

मधेसमा पनि महन्थ ठाकुर नेतृत्वको तत्कालीन जसपा र उपेन्द्र यादवको पार्टी मिलेर सरकार बनाएको थियो ।

विश्वले हात हालिरहेको मधेस अब बजार भयो । भोटको राम्रो बजार भएकोले ओलीले आफ्ना मधेसविरोधी पुराना सोचहरू करेक्सन गर्न चाहेका छन् । तर, यो रणनीतिक परिवर्तन कति दिनसम्म टिक्छ भन्नेमा आशंकाहरू रहिरहन्छ ।

अगामी निर्वाचनबाट पनि कुनै एउटा पार्टीको बहुमत आउने सम्भावनै छैन । अबको चुनावमा जसपाको सिट घट्छ । मधेस केन्द्रीत दलमा अहिले दुश्मनीको मात्रा बढेको छ । जति बढ्छ, त्यति त दुबैलाई घाटा हुन्छ । अर्को कुरा जितेका नेताहरू पनि अर्को पार्टीमा गइरहेका छन् । अहिले पहिलेको जस्तो क्रेज मधेसकेन्द्रित दलको मधेसमा छैन ।

– ओलीलाई विगतमा मधेसविरोधी भन्थे । सप्तरीको मलेठमा एमालेलाई कार्यक्रम नै गर्न नदिने भन्दै विथोल्न खोज्दा गोली चल्यो र ५ जना शहीद भए । तर, अहिले मधेसी दलकै नेताहरू धमाधम एमालेमा प्रवेश गरिरहेका छन् । के अब ओलीप्रति मधेसीको सोच बदलिएको छ ?

त्यतिखेर जुन सेन्टिमेन्ट थियो, त्यो सेन्टिमेन्टकै कारण एमालेले भोट पनि पाएको छ । एमाले सबभन्दा ठूलो पार्टी कसरी भयो भन्दाखेरी मधेसमा उसले आक्रोशित भएर प्रस्तुत भयो, आन्दोलन दबाउने रूपमा प्रस्तुत भयो । त्यही भएर पहाडतिर उसले बढी भोट पायो । त्यो त टेक्निक हो । भारतले ६ महिना नाकाबन्दी गर्दा कडारूपमा प्रस्तुत भयो । अनि भारतमाथि रिस फेर्नेहरूले उसलाई भोट दियो । त्यो त राजनीतिक चलखेल हो । अहिलेको स्थितिमा उसले मधेसमा बढी भोट बढ्ला, तर पहाडमा उसको भोट घट्छ ।

– ओलीले भन्ने गरेका छन् कि मेरै पालामा मधेसको पूर्वाधार विकास गरेँ, सदरमुकाम जोड्ने सडकहरू चौडा बनाएँ । फुसको छानाबाट पक्की घर दिन्छु । अब एमाले मधेसविरोधी हो भन्ने भ्रमबाट मुक्त हुनुस् । मधेसको जिम्मा एमालेले लिन्छ..यस्ता आश्वासनले चुनावमा काम गर्ला ?

काम गर्दैन । जतिसुकै मुखले भने पनि विश्वास गर्ने अवस्था छैन । मेरै पालमा भनेर हुँदैन । मधेसका मुख्यमन्त्री लालबाबु राउतको भनाइअनुसार मधेसलाई केही करोड मात्र दियो तर, गण्डकीलाई खरबमा बजेट दियो । कसरी मधेसलाई बजेट दियो ? देखिँदैन ।

‘यस्तो गरेँ, उस्तो गरेँ,’ भन्नु नारा हो । दिएको बजेटको डाटा हेर्ने हो भने मधेसलाई कम दिएको छ । मधेसलाई पनि केही गर्नुपर्छ भनेर केही नयाँ नयाँ कार्यक्रम ओलीले ल्याएँ भनेका हुन् । मधेसको साथ नलिएसम्म अगाडि बढ्न सक्दिनँ भन्ने महसुस भएको छ ओलीलाई । मधेसलाई पनि साथ लिएर जानुपर्छ भन्ने भावना ओलीमा जागेको छ ।

ओलीको मात्रै होइन, तीनले पनि मधेसमा सहयोग बढाएको छ । अमेरिकाले पनि मधेसमा हात हाल्नुपर्छ भनेर अगाडि बढिरहेको छ । विश्वले हात हालिरहेको मधेस अब बजार भयो । भोटको राम्रो बजार भएकोले ओलीले आफ्ना मधेसविरोधी पुराना सोचहरू करेक्सन गर्न चाहेका छन् । तर, यो रणनीतिक परिवर्तन कति दिनसम्म टिक्छ भन्नेमा आशंकाहरू रहिरहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर