प्रकाश सपुतको प्रष्टीकरणः एउटा सच्चा कामरेडको कथा हो ‘पीर’, राजनीतिक पूर्वाग्रह छैन – Nepal Press

प्रकाश सपुतको प्रष्टीकरणः एउटा सच्चा कामरेडको कथा हो ‘पीर’, राजनीतिक पूर्वाग्रह छैन

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिएका छन् । आफ्नाे कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ ।

सपुतले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए । उनीहरु चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ ।’

पीरले युद्धकै जड र बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको प्रकाशको भनाइ छ ।

‘समानताका लागि सँगै लडेका कामरेडहरुबीचको बढ्दो दुरी देखाउन मात्रै खोजेको हुँ,’ उनले भनेका छन् । प्रतिकात्मकरुपा राखिएको दृष्यले कसैको आत्मसम्मानमा चोट पुग्न जाने महसुस भएको भन्दै उनले यसमा आत्मालोचना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “प्रकाश सपुतको प्रष्टीकरणः एउटा सच्चा कामरेडको कथा हो ‘पीर’, राजनीतिक पूर्वाग्रह छैन

  1. प्रकाश भाइको यो कार्य एकदम सह्रानिय छ। जनतालाई विभिन्न प्रलोभनमा पारेर युध्द मा होमि लाखौं युवा युवतीहरु को जिवन नर्क जस्तो बनाइ केहि सिमित देशद्रोही अपराधि हरुको कथा लाइ जस्ताको तस्तै जन समक्ष प्रस्तुत गरेका छन्।सलाम छ प्रकाश भाइ।यस अघि पशुपति शर्मा को लुट्न सके लुट कान्छा ले पनि यस्तै देसद्रोहि हरुको मुटु थर्काएको थियो।सलाम छ पशुपति भाइलाई पनि।

  2. यथार्थ कुरा पस्केकाेमा धन्यवाद । लुटेराहरूसँग डराउने कामै छैन । गीतले लुट पेशामा आघात पुगेकाे भनेर विज्ञप्ती आएकाे हाे । सच्चिने माानसिकता छैन अझै लुटन उद्दत छन् । आगामी चुनावबाट बढार्नुपर्छ यस्ता प्रवृत्तिलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *