शिवरात्री नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल बढ्यो (तस्बिरहरु) – Nepal Press

शिवरात्री नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल बढ्यो (तस्बिरहरु)

काठमाडौं । महाशिवरात्री नजिकिएसँगै पशुपति क्षेत्रमा दर्शनार्थी र साधुसन्तहरुको चहलपहल बढेको छ । भारत लगायत विभिन्न ठाउँबाट ठूलो संख्यामा साधुसन्तहरु पशुपति क्षेत्रमा आउने गर्दछन् ।

पशुपति क्षेत्र विकास कोषले वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइलाई समेत तीव्रता दिएको छ ।

फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । अहिले सो क्षेत्र विभिन्न चित्रकलाले सजिएको छ । बिजुली बत्तीले झिलीमिली बनाउने क्रमपनि जारी छ ।

मन्दिरको मुख्य क्षेत्रलाई १५ र १६ गते फूलले सजाइने कोषले जनाएको छ ।

केही सन्ध्याकालिन दृश्यहरु

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर