भोलिदेखि एमालेकाे कर्णाली प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम, बादल र ज्ञवाली आउने – Nepal Press

भोलिदेखि एमालेकाे कर्णाली प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम, बादल र ज्ञवाली आउने

सुर्खेत । नेकपा एमाले केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ शनिबार सुर्खेत आउने भएका छन् । एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश कमिटीका इन्चार्ज यामलाल कंडेलका अनुसार कार्यक्रमलाई सम्बोधन गर्न पार्टी केन्द्रीय सचिव प्रदीप ज्ञवाली पनि सुर्खेत आउँदैछन् ।

करिब २१५ जनाभन्दा बढीको सहभागिता रहने उक्त कार्यक्रमलाई चुनावलक्षित प्रशिक्षण कार्यक्रमको रुपमा लिइएको छ ।

कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, पालिका तथा जिससका निर्वाचित प्रमुख–उपप्रमुख र पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर