नेपालमा ४ लाख २३ हजार क्रिप्टो कारोबारी, सरकारको यस्तो छ तयारी – Nepal Press

नेपालमा ४ लाख २३ हजार क्रिप्टो कारोबारी, सरकारको यस्तो छ तयारी

काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्ड कारोबारीहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।

नेपाली पैसा अवैधरूपमा विदेशिएपछि र डिजिटल नेटवर्किङमा ठगिने बढेपछि सरकारले नियन्त्रणका लागि प्रयास थालेको हो । त्यसका लागि समिति बनाउने तयारी भइरहेको र कार्यविधि बनाउन थालिएको अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।

समितिमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रतिनिधि सदस्य रहने बताइएको छ ।

मरासिनीले नेपाल प्रेससँग भने, ‘क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो र डिजिटल नेटवर्किङलगायतका अवैध धन्दाहरू रोक्नका लागि समिति गठन हुने प्रकियामा रहेको छ । अर्थमन्त्रालयले कसरी, के-के कुरालाई आधार मन्ने, कारोबार कसरी भइरहेको छ र कारबाहीजस्ता कुरा समेटेर कार्यविधि निर्माण भइरहेको छ ।’

समितिको क्षेत्राधिकारलगायतका विषय कार्यविधिले नै निर्णय गर्ने सचिव मरासिनीले बतए ।

सदस्य रहने सरकारी निकायहरूले आ-आफ्नो क्षेत्रबाट अनुसन्धालाई सहयोग गर्ने छन् । नेपाल राष्ट्र बैंकले अस्वाभाविक कारोबारको सूचना समितिलाई जानकारी दिनेछ । दूरसञ्चार प्राधिकरणले कुन एप प्रयोग भएर अवैध कारोबार भएको पत्ता लगाउनेछ । भने, राजस्व अनुसन्धानले कसरी राजस्व छली भइरहेको भन्ने हेर्छ । दोषी देखिएकालाई सीआईबीले कारबाही गर्नेछ ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले अवैध कारोबार रोक्न बनाइने जुनसुकै संयन्त्रमाथि भरपुर सहयोग गर्ने बताए । तर, नेपाल राष्ट्र बैंक आफैंले भने छुट्टै समिति गठन गर्न नमिल्ने उनले प्रष्ट्याए ।

नेपालमा कति छन्- क्रिप्टोकरेन्सी कारोबारी ?

सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्याको क्रिप्टोकरेन्सीमा लगानी छ ।

ट्रिपल ए ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसमा नेपाल पनि समेटिएको थियो । सो प्रतिवेदनअनुसार नेपालमा ४ लाख २३ हजार ८ सय ४० जना क्रिप्टो प्रयोगकर्ताहरू रहेको उल्लेख छ ।

याे पनि पढ्नुहाेस् ।

एकपटकमा ७ लाखभन्दा बढी कारोबार गर्नेमाथि राष्ट्र बैंकले थाल्यो निगरानी

क्रिप्टोकरेन्सीमा संलग्न एकजना पक्राउ, करिब डेढ करोड रुपैयाँको कारोबार गरेको दाबी

परिवार नै क्रिप्टो करेन्सी कारोबारमा, ३७ करोड ६४ लाख रूपैयाँ बिगोसहित मुद्दा दायर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर