एमाले जिल्ला अधिवेशन- दैलेखमा ६८५ प्रतिनिधि छानिए – Nepal Press

एमाले जिल्ला अधिवेशन- दैलेखमा ६८५ प्रतिनिधि छानिए

सुर्खेत । नेकपा एमाले दैलेखले पुस २३ गते निर्धारित जिल्ला अधिवेशनका लागि ६ सय ८५ जना प्रतिनिधि छानिएका छन् ।

जिल्लाका ९० वडाबाट ५२० जना प्रतिनिधि छानेको छ । त्यसका अलावा १५० जना आयोजक कमिटीबाट र १५ जना सल्लाहकार समितिबाट प्रतिनिधि छनोट गरिको हो ।

जिल्ला कमिटी अध्यक्ष रविन्द्रराज शर्माका अनुसार अधिवेशनमा सहभागी हुने सबै जनप्रतिनिधिले खाने बस्ने व्यवस्था आफैंले गर्नुपर्ने बताएका छन् । त्यसका अलावा चिया नास्ता र स्टेशनरीको व्यवस्था भने दैलेख एमालेले गर्ने उनको भनाई थियो ।

१०५ सदस्यीय जिल्ला कमिटी बनाउने विधानमा उल्लेख भएअनुसार अहिले भइरहेका १५० मध्ये झण्डै एक सय जना जिल्ला कमिटिबाट बाहिरिने पक्का भएको छ ।

वर्तमान जिल्ला कमिटिमा महिलाको संख्या अत्यन्तै न्यून थियो । अब बन्ने नयाँ जिल्ला कमिटिमा एमालेले ३३ प्रतिशत महिलाको सहभागिता गराउनुपर्ने बाध्यता एमालेलाई छ । सो अनुसार ३५ जना महिला कमिटिमा छानिदा दलित, जनजाती, अल्पसंख्यक र नयाँ गरि कम्तिमा पनि ५० भन्दा बढीको सहभागिता जिल्ला कमिटिमा हुने देखिएको छ ।

हाल १५० सदस्यीय जिल्ला कमिटि छ । ती मध्ये सबैलाई समेट्नैपर्ने बाध्यतामा रहेको एमालेलाई हालका जिल्ला कमिटी सदस्य कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौति देखिएको छ ।

‘६ वटा प्रदेश कमिटी छन् । २ वटा निर्वाचन क्षेत्रीय कमिटी छन् । सल्लाहकार कमिटी छ । हामी जिल्ला कमिटिमा नअटाएका साथीहरुलाई त्यहाँ व्यवस्था गर्छौं,’ अध्यक्ष शर्मा भन्छन्, ‘तर चुनौती भने छ । साथीहरुले पार्टीको बाध्यता बुझिहाल्नुहुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर