राजधानी उपत्यकासहित देशैभर वर्षा, चिसो झन बढ्यो (तस्बिरहरु) – Nepal Press

राजधानी उपत्यकासहित देशैभर वर्षा, चिसो झन बढ्यो (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा मंगलबार रातीदेखि वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो ।

महाशाखाले आज दिनभर नै मौसम प्रतिकूल हुने आँकलन गरेको छ । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ ।

बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर