करिब दुई घण्टा लगाएर प्रचण्डले गरे राजनीतिक प्रतिवेदन वाचन – Nepal Press

करिब दुई घण्टा लगाएर प्रचण्डले गरे राजनीतिक प्रतिवेदन वाचन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिब दुई घण्टा लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आठौं महाधिवेशनको बन्दसत्र प्रज्ञा भवनमा जारी रहेको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन करिब २ घण्टा लगाएर वाचन गरेका हुन् ।

उनले वैचारिक तथा राजनीतिक दस्तावेजको चार भाग प्रस्तुत गरिरहेका छन् ।

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर