सम्झौताको ७ महिनापछि इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन तयार – Nepal Press

सम्झौताको ७ महिनापछि इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन तयार

काठमाडौं । इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जर हुने भएका छन् । आइतबार बसेको हिमालयन बैंकको संचालक समिति बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरका लागि वैशाख ३० गते नै समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । तर, कार्यान्वयन भएको थिएन ।

मर्जरमा जाने भन्दै छलफल गरिरहेका इन्भेष्टमेन्ट र हिमालयन बैंकलाई राष्ट्र बैंकले २ पटक म्याद समेत थपेको छ ।

राष्ट्र बैंकले पछिल्लोपटक थप गरेको म्यादभित्रै मर्जरको काम सक्ने गरी प्रक्रिया अघि बढेको हिमालयन बैंक संचालक समितिका एक सदस्यले बताए ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकका बीच समान हैसियत सेयर अनुपातका आधारमा मर्जर हुनेछ । बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर