काठमाडौंमा एक वर्षमा बेवारिसे अवस्थाका ४५ बालबालिका भेटिए – Nepal Press

काठमाडौंमा एक वर्षमा बेवारिसे अवस्थाका ४५ बालबालिका भेटिए

काठमाडौं । नेपाल प्रहरीले एक वर्षमा ४५ जना बेवारिसे अवस्थामा बालबालिका फेला पारेको छ । २३ दिनदेखि १६ वर्ष उमेरसम्मका  उनीहरूलाई संरक्षणका लागि विभिन्न बालगृहमा सिफारिस गरेको प्रहरीले जनाएको छ ।

प्रहरीमा निवेदन परेकामध्ये अझै पनि नौ जना बालबालिका नभेटिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले बताए ।

उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २०७७ जेठदेखि २०७८ भदौसम्ममा फेला पारिएका १७ जना बालक र २८ जना बालगृहहरूलाई जिम्मा लगाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *