अमेरिकी ग्रीनकार्ड र नागरिकता लिने नेपालीको संख्या डेढलाख पुग्यो


काठमाडौं । सन् २०२० मा ७ हजार ८४७ जना नेपालीले अमेरिकी ग्रीनकार्ड लिएका छन् ।
सन् २०१९ देखि सन् २०२० को सेप्टेम्बर ३० सम्म अमेरिकी ग्रीनकार्ड लिनेको संख्या त्यति पुगेको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जनाएको छ ।
आर्थिक वर्ष २०२० मा ग्रीनकार्ड पाउने नेपालीहरुमा सबैभन्दा धेरै शरणार्थीको रुपमा २७०५ जना छन् । सबैधन्दा धेरै टेक्ससमा १०९४ जना नेपालीले अमेरिकी ग्रीनकार्ड लिएका छन् ।
बितेका १० वर्षको तुलनामा सन् २०२० मा सबैभन्दा कम नेपालीले अमेरिकी ग्रीनकार्ड प्राप्त गरेका छन् । आर्थिक वर्ष २०१९ मा १० हजार २०१ जना नेपालीले अमेरिकी ग्रीनकार्ड प्राप्त गरेका थिए ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अमेरिकामा ग्रीनकार्ड लिने नेपालीको संख्या १९८९ देखि २०२० सम्म १ लाख ३९ हजार ३६९ छ । आर्थिक वर्ष २०२१ को अनुमानित तथ्यांक जोड्दा ग्रीनकार्ड लिने नेपालीको संख्या झन्डै डेढलाख हुन आउँछ ।
नेपालमा धेरै जसो मानिसहरूमा ग्रीनकार्ड लिनेहरू बिदेशी नागरिक भयो भन्ने गलत बुझाइ छ ।
ग्रीनकार्ड लिनु र नागरिकता लिनु फरक-फरक बिषय कुरा हो ।
नागरिकता लिएमा भन्नै पर्दैन त्यहि देश नागरिक हुन्छन ।
तर ग्रीनकार्ड भनेको बिदेशी नागरिकलाई त्यो देशले दिएको स्थाई बसोवासको अधिकार मात्र हो ।