भारतसँग नेपाल पराजित, फाइनलमा पुग्ने संभावना क्षीण – Nepal Press
यू-१९ महिला च्याम्पियनसिप

भारतसँग नेपाल पराजित, फाइनलमा पुग्ने संभावना क्षीण

काठमाडौं । यू-१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल भारतसँग १-० गोलको नतिजामा पराजित भएको छ । पराजित भएसँगै नेपालको फाइनल खेल्ने सम्भावना लगभग सकिएको छ ।

ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियमामा भएको खेलमा नेपाललाई हराएसंगै भारत फाइनलमा पुगेको छ । आज हुने बंगलादेश र श्रीलंका बीचको खेलमा बंगलादेशलाई श्रीलंकाले हराएमा नेपालले फाइनलमा स्थान बनाउने छ । तर, श्रीलंका च्याम्पियनसिपमा जितविहीन छ ।

राउन्ड रोविनका आधारमा हुने च्याम्पियनसिपमा र्शीष दुई टोलीले फाइनल खेल्ने छन् ।

नेपालसहित बंगालादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपको पुस ७ गते हुने फाइनल हुनेछ ।

पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध ६-० गोलको नतिजामा जित निकालेको थियो ।

यस्तै, तेस्रो खेलमा भुटानलाई ४-० गोलको नतिजामा हराएको नेपालले भारतसंग बराबरी मात्रै खेलेको अवस्थामा फाइनलमा स्थान बनाउने पक्का थियो । अब भने, फाइनलका लागि बंगलादेशको नतिजा कुर्नुबाहेक कुनै विकल्प छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर