कांग्रेसको शीर्ष ३५ मा नेविसंघ अध्यक्ष आउट, चर्चित डन गणेश लामा इन (सूचीसहित)


काठमाडौं । नेपाली कांग्रेसका खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहँदा ९९ उम्मेदवारमध्ये सबैभन्दा बढी ८१४ मत डा।शशांक कोइारलाले पाउँदा टप टेनमा रामहरी खतिवडा,उदय शमसेर जबराबाहेक सबै पूरानै नेता परेका छन् ।
३५ जना जित्नुपर्ने कोटामा नेविसंघका अध्यक्ष राजिव ढुंगाना लगायतका चर्चित र पूराना नेताहरु ९८८ मत गनुन्जेल पछाडि परेका छन् । तर बाहुबली तथा डन भनेर चिनिने गणेश लामा भने २८ औं नम्बरमा छन् ।
शीर्ष ३५ मा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर, युवा नेता दिपक गिरी, गुरु बराल, कुन्दनराज काफ्ले, गोविन्दराज पोखरेल, अजय शिवाकोटी लायत छन् ।
हेर्नुस प्राप्त मतको आधारमा उम्मेदवारको नाम र विवरण ।