मलाई मत नदिनेको पनि सभापति मै हुँ : देउवा (भिडिओ) – Nepal Press

मलाई मत नदिनेको पनि सभापति मै हुँ : देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।

केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू सबैको सभापति बनेर काम गर्ने बताए ।

‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर म पार्टी चलाउँछु । यसमा सबैले सहयोग गर्नुहोला’, देउवाले भने ।

उनले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने बताए ।

सभापति देउवाले कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको भन्दै तल्लो तहदेखि नै महिला, आदिवासी,जनजाति, दलित , मुस्लि, थारु लगायत सबैलाई नेतृत्वमा अवसर दिइएको देउवाले बताए ।


प्रतिक्रिया

One thought on “मलाई मत नदिनेको पनि सभापति मै हुँ : देउवा (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर