काँग्रेस प्रदेश २ अधिवेशन : महामन्त्रीमा जितको घोषणालाई सच्याएपछि विवाद चर्कियो – Nepal Press

काँग्रेस प्रदेश २ अधिवेशन : महामन्त्रीमा जितको घोषणालाई सच्याएपछि विवाद चर्कियो

जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ को महामन्त्री पदमा उपेन्द्रकुमार यादव र नरेश यादव निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो  । तर, केहिबेरमै घोषणालाई सच्याएपछि विवाद चर्केको हो ।

निर्वाचन समितिले महामन्त्रीको मतपरिणाम सार्वजनिक गर्दा उपेन्द्रले ९५९ र नरेशले ७७५ मत ल्याएर विजयी भएको भनेको थियो । तर, पछि नरेशको ठाउँमा बृहस्पति कृष्ण श्रेष्ठलाई विजयी भएको भनेपछि विवाद सृजना भएको छ ।

बृहस्पतिमा केहि मत जोड्न बाँकी रहेका कारण पहिले मतपरिणाम घोषणामा त्रुटी भएको निर्वाचन समितिको भनाई छ । नरेश रामचन्द्र पौडेल अर्थात् शेखर कोइराला समूहका छन् । पछि विजयी घोषणा गरिएका बृहस्पति शेरबहादुर देउवा समूहका छन् ।

देउवा समूहले मतपरिणाम सच्याएर धाँधली गरेको बिमलेन्द्र निधी- शेखर कोइराला पक्षको दावी छ । महामन्त्रीमा विवाद भएका कारण उपसभापति, सहमहामन्त्री र महिलातर्फ सहमहामन्त्रीको मतगणना सकेपछि मतपरिणाम औपचारिक रुपमा घोषणा गरेका छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर