कांग्रेस जनजाति महिला केन्द्रीय सदस्यमा देउवा पक्षको क्लीन स्वीप – Nepal Press

कांग्रेस जनजाति महिला केन्द्रीय सदस्यमा देउवा पक्षको क्लीन स्वीप

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ ।

७ जना निर्वाचित हुने आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा देउवा प्यानलका सबै उम्मेदवारहरु विजयी भएका हुन् । यो क्लष्टरमा निवर्तमान केन्द्रीय सदस्य सीता गुरुङले सबैभन्दा धेरै मत पाएकी छिन् ।

त्यस्तै सरस्वती वजिमय, अञ्जनी श्रेष्ठ, गंगालक्ष्मी अवाल, माया राई , सीताकुमारी राना र सुशीला थिङ पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

जनजाति महिलातर्फको परिणाम आएसँगै कांग्रेसको सबै पदको मतगणना सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर