रामचन्द्रको वक्तव्य- राजनीतिबाट विश्राम लिएको होइन, अल्पविराम मात्रै – Nepal Press

रामचन्द्रको वक्तव्य- राजनीतिबाट विश्राम लिएको होइन, अल्पविराम मात्रै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिबाट विश्राम लिएको नभई केही क्षणको अल्पविराम मात्रै लिएको बताएका छन् ।

१४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई वधाई सन्देश जारी गर्दै नेता पौडेलले प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै आफूले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको बताएका हुन् ।

महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाबाट अलग रहने भन्दै मतदानमा समेत सहभागि नभएका नेता पौडेलले साथीहरुले पार्टीभित्रको चुनाव नलड्न दिएको सुझाव आफूले पालना गरेको उल्लेख गरेका छन् ।

‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ र अविच्छिन्न अगाडि बढिरहने मेरो संकल्प रहिरहनेछ’, पौडेलले भनेका छन् ।

उनले निर्वाचित नेताहरुसँग सबैलाई समेटेर अगाडि बढ्ने तथा पार्टीलाई एकतावद्ध र सुदृढ बनाउने जिम्मेवारी रहेको बतँएका छन् ।

निर्वाचनमा पराजित भएकाहरुलाई विचलित नहुन आग्रह गर्दै पौडेलले व्यक्तित्वको पहिचान सुखमा नभई दुःख र पराजयको बेला हुने बताएका छन् ।

यस्तो छ पौडेलको बधाई सन्देश –

 


प्रतिक्रिया

One thought on “रामचन्द्रको वक्तव्य- राजनीतिबाट विश्राम लिएको होइन, अल्पविराम मात्रै

  1. हसाउछन बुढाले ! देउवाबाट निजि स्वार्थ पूरा गर्न सजिलो हुने भएकोले महाधिवेशनमा तटस्थ बसेको हुँ भन न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर