रामचन्द्रले भने – १४ औं महाधिवेशनमा ममाथि अनेक प्रपञ्च भयो – Nepal Press

रामचन्द्रले भने – १४ औं महाधिवेशनमा ममाथि अनेक प्रपञ्च भयो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाविधेशनमा आफूमाथि अनेक प्रपञ्च भएको दावी गरेका छन ।

उनले आफू १४ औं महाविधेशनमा सभापतिका लागि दावी नगर्ने समेत बताए । उनले प्रतिष्पर्धाबाट अलग भए पनि राष्ट्रिय राजनीतिमा भने भूमिकामा रहिरने बताएका छन् ।

‘चौधौं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु,’ रामचन्द्रले भने, ‘ प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगें । तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु । ’

उनले थपे, ‘लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरि नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउने छन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन । रास्ट्रिय राजनीतिमा मेरो भूमिका रही रहनेछु। प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर