प्रधानमन्त्री देउवाद्वारा डेमोक्रेसी समिटलाई सम्बोधन : लोकतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता – Nepal Press

प्रधानमन्त्री देउवाद्वारा डेमोक्रेसी समिटलाई सम्बोधन : लोकतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित लोकतन्त्र शिखर सम्मेलनलाई बिहीबार राती सम्बोधन गरेका छन् । भर्चुअल माध्यममार्फत आयोजना भएको सम्मेलनलाई ११० मुलुकका सरकार तथा राष्ट्रप्रमुखले सम्बोधन गरे ।

आफ्नो सम्बोधनमा देउवाले समानता, न्याय र समावेशिताको माध्यमबाट लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । दिगो विकास र आर्थिक वृद्धिसहितको वातावरणमा मात्र लोकतन्त्र मौलाउने र नागरिकले आत्मसम्मानपूर्वक बाँच्न पाउने अवस्था हुने उनले बताए ।

स्रोत र प्रविधिको वितरणबाट विकास साझेदार मुलुकहरुले नेपालको लोकतन्त्रलाई बलियो बनाउन सघाएको समेत देउवाले बताए । देउवाले भने : हामीले अत्यन्तै जटील किसिमका राजनीतिक मतभेदहरूलाई पनि छलफलमार्फत समाधान गर्नसक्छौं। लोकतन्त्रले यस्तो छलफल तथा परामर्शको लागि मंच प्रदान गर्दछ। लोकतन्त्रमा हिंसाको कुनै स्थान हुनुहुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर