जलवायु संकटविरुद्ध नेपाललाई सघाउने अमेरिकी प्रतिबद्धता – Nepal Press

जलवायु संकटविरुद्ध नेपाललाई सघाउने अमेरिकी प्रतिबद्धता

काठमाडौं । अमेरिकाले जलवायु संकटविरुद्ध लड्न नेपाललाई सघाउने प्रतिबद्धता जनाएको छ ।

काठमाडौंमा आजदेखि सुरु नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै राजदूत र्‍यान्डी जे बेरीले प्राकृतिक विपत्तिविरुद्ध लड्न र जलवायु अनुकूल कार्यक्रममा लगानी गर्ने अमेरिकी योजना रहेको बताए ।

विपत्तिविरुद्ध लड्न नेपालले चालेका कदमको समर्थन गर्दै राजदूत बेरीले राजदूत कोषबाट २०० मिलियन डलरमा नेपालका सम्पदाहरुको पुननिर्माण हुने समेत बताए ।

विपतविरुद्ध लड्न अमेरिकाले नेपाललाई प्राविधिक तथा क्षमता अभिवृद्धि तालिम दिने प्रतिबद्धता समेत उनले जनाए । सम्मेलनको उद्घाटन सत्रलाई चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर