कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत – Nepal Press

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

मत विभाजन भोलि गर्ने गरी बैठक स्थगित

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि मत विभाज भने भोलि बस्ने प्रदेशसभा बैठकमा गराइने सभामुख राजबहादुर शाहीले बताए ।

आजको प्रदेशसभा बैठकमा प्रतिपक्षी एमालेका सांसद उपस्थित भएनन् । प्रतिपक्षी दलका सांसद उपस्थित नभएको भन्दै बैठक भोलिसम्मका लागि स्थगित गरिएको सभामुख शाहीले बताए ।

भोलिको बैठकमा एमाले पनि सहभागी हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर