स्रोत नखुलेको ८ लाखसहित विराटनगरबाट एक जना पक्राउ – Nepal Press

स्रोत नखुलेको ८ लाखसहित विराटनगरबाट एक जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका- १८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साह रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाएर ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर