एमालेको वडा अधिवेशन दिउँसो १२ बजेदेखि – Nepal Press

एमालेको वडा अधिवेशन दिउँसो १२ बजेदेखि

काठमाडौं। नेकपा (एमाले)ले आज मुलुकभर वडास्तरका अधिवेशन गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।

देशैभरीका अधिकांश वडा अधिबेशनहरु आज दिउँसो १२ बजे सुरु हुने छन् । अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई भुर्चल माध्यमबाट सम्बोधन गर्नेछन् । इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।

यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुने छैन । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर