नेवानीका कर्मचारीको चार महिनादेखिको आन्दोलन फिर्ता, मन्त्री आलेको अग्रसरतामा तोडियो गतिरोध – Nepal Press

नेवानीका कर्मचारीको चार महिनादेखिको आन्दोलन फिर्ता, मन्त्री आलेको अग्रसरतामा तोडियो गतिरोध

काठमाडौं । विभिन्न माग राखेर नेपाल वायू सेवा निगमका कर्मचारीहरुले करिब चार महिनादेखि जारी राखेको आन्दोलन आजबाट टुंगिएको छ ।नवनियुक्त पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले सपथ ग्रहण गरेको ४८ घन्टाभित्र निगमको गतिरोध तोड्न सफल भएका छन् ।

मन्त्री आलेसँग सिधा वार्तापछि कर्मचारीहरु आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । कर्मचारीसँगको वार्तामा मन्त्री आलेले उनीहरुको माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउँदै त्यसका लागि केही समय दिन आग्रह गरेका थिए । मन्त्रीको आग्रहअनुसार आन्दोलित कर्मचारीहरु आजैबाट नेवानीमा लगाएको ताला खोल्न सहमत भए ।

कर्मचारीको आन्दोलनका कारण निगम पूर्णरुपमा अस्तव्यस्त बनेको थियो । निगमलाई सरकारले निजीकरण गर्न लागेको भन्दै कर्मचारीले आन्दोलन सुरु गरेका थिए । नवनियूक्त पर्यटनमन्त्री आलेले निगमको आन्दोलनलाई प्रमुख प्राथमिकतामा राखेर समाधानतर्फ लगेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *