मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेलाई हटाउन खोज्दा झडप, प्रहरीले गोली चलायो – Nepal Press

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेलाई हटाउन खोज्दा झडप, प्रहरीले गोली चलायो

सशस्त्र प्रहरीसहित ६ जना घाइते

रूपन्देही । रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीका नाममा कब्जा गर्न खोजेपछि स्थानीय प्रशासनले गोली चलाएको छ । जग्गा कब्जा गर्न खोज्नेलाई प्रहरीले हटाउन खोजेपछि भएको झडपमा प्रहरीले गोली चलाएको हो ।

स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोलीबाट ३ जना स्थानीय र ३ जना सशस्त्र प्रहरी गरी ६ जना घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप भएको हो। करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले अतिक्रमणकारीलाई हटाउने प्रयास भएको बताए घटनास्थलतर्फ पुग्दै गरेको बताएका छन् ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।

२०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । फागुन २१ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा वाणिज्यमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सार्वजनिक जग्गा कब्जा नगर्न आह्वान गरिएकोमा अटेर गरी बसिरहेकालाई हटाउन गएका प्रहरीमाथि आक्रमण भएपछि सामान्य बल प्रयोग भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *