ओखलढुंगामा माधव पक्षले बनाएको समानान्तर कमिटी नेकपा एसमा समाहित – Nepal Press

ओखलढुंगामा माधव पक्षले बनाएको समानान्तर कमिटी नेकपा एसमा समाहित

ओखलढुंगा । नेकपा एमालेको आन्तरिक विवादका बेला माधव नेपाल पक्षले गठन गरेको ओखलढुंगाको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

बिहीबार बसेको बैठकले एमालेको समानान्तर कमिटीलाई नेकपा एसमा रुपान्तरण गरेको अध्यक्ष नेत्र भट्टराईले जानकारी दिए । माओवादीसँग एकता अगाडिको जिल्ला कमिटीमा उपाध्यक्ष रहेका भट्टराईले समानान्तर जिल्ला कमिटीको अध्यक्ष बनाइएको थियो ।

ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले विभाजनमा माधव नेपाललाई साथ नदिएपछि नेपाल समूह विभाजित भएको थियो । सुनुवारसहित जिल्ला उपसचिव तथा मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राईसहित नेपाल समूहका जनप्रतिनिधिहरु भने एमालेमै बसेका छन् ।

जिल्लाबाट निर्वाचित एकमात्र जनप्रतिनिधि लिखु गाउँपालिकाका सदस्य मावर सुनुवारमात्र नेकपा एसमा लागेका छन् । समानान्तर कमिटी गठनका बेला रहेका संविधानसभा सदस्य हर्कबोल राई लगायत केही नेता भने अहिलेसम्म खुलेका छैनन् ।

उता एमाले भने १० बुँदे सहमति कार्यन्वयन गर्दै जेठ २ मा फर्किएको छ । नेकपा विभाजनकै बेला ओली पक्षले बनाएको जिल्ला कमिटीका अध्यक्ष केदार बस्नेतको ठाउँमा जेठ २ पूर्वका अध्यक्ष मोहन श्रेष्ठ पुनर्वहाली भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर