पीके क्याम्पसभित्र परीक्षार्थी, गेटबाहिर परीक्षा रोक्न प्रदर्शन – Nepal Press
पीके क्याम्पसभित्र परीक्षार्थी, गेटबाहिर परीक्षा रोक्न प्रदर्शन
फोटो फिचर
उमेश कार्की २०७८ साउन २६ गते ११:४३
२०७८ साउन २६ गते ११:४३

काठमाडौं । कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा संचालन गरिएको भन्दै बागबजारस्थित पद्मकन्या क्याम्पसबाहिर विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरूले कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गरेका छन् ।

केही परीक्षार्थी भित्र परीक्षामा सामेल छन् । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएका छन् । सो क्रममा प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेको छ ।

पीकेमा १८ कलेजको परीक्षा केन्द्र तोकिएको छ । धेरै विद्यार्थीको भीडभाडले संक्रमणको खतरा बढेको भन्दै विद्यार्थीले विरोध जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गर्ने निर्णय गरेको छ । त्यसपछिका परीक्षा भने संक्रमणको जोखिमको अवस्थालाई विश्लेषण गरेर निर्णय लिने टीयूले जनाएको छ ।