एक लाख नगदसहित ११ जुवाडे पक्राउ – Nepal Press

एक लाख नगदसहित ११ जुवाडे पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले कोटहीमाई गाँउपालिकाबाट जुवाखालबाट नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मझगावाले सोमबार कोटहीमाई गाउँपालिका वडा नं.३ मर्यादपुरबाट १ लाख ६८ हजार ९ सय ५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

मर्यादपुरस्थित मोहमद लाडले अन्सारीको घरमा अवैधरुपमा जुवातास खेलिरहेको अबस्थामा स्थानीय एघार जनालाई नियन्त्रणमा लिइएको रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकाका वर्षिय मोहमद लाडले अन्सारी, धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, विशाल यादव, मोहमद सरिफ जोलहा, सुरज यादव, निरजकुमार यादव , संजय जैशवाल रहेका छन । त्यस्तै मायादेवी गाउँपालिकाका भगवानदाश कुर्मी, सोनु मल्लाह, समिर धुनिया र घनश्याम यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *