राष्ट्रसंघको सेमिनारमा फणिन्द्र नेपालले उठाए ग्रेटर नेपालको मुद्दा – Nepal Press

राष्ट्रसंघको सेमिनारमा फणिन्द्र नेपालले उठाए ग्रेटर नेपालको मुद्दा

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मार्चाका अध्यक्ष फणिन्द्र नेपालले संयुक्त राष्ट्रसंघको एउटा भर्चुअल सेमिनारमा ग्रेटर नेपालको मुद्दा उठाएका छन् ।

स्विट्जरल्यान्डको जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदको ४७ औं सत्रको समानान्तर कार्यक्रममा उनले सम्वोधन गरेका थिए ।

‘इन्डियन हेजेमोनी एन्ड इन्टरफेयरेन्स इन नेपाल’ विषयको सेमिनार स्विट्जरल्यान्डको जुरिचबाट सञ्चालन गरिएको थियो । फ्रान्सको युनिभर्सिटी अफ सभोइ मोन्ट ब्ल्यांकले मोडरेट गरेको सेमिनारमा ग्रेटर नेपालका फणिन्द्रलाई मुख्य प्रस्तोता बनाइएको थियो भने श्रीलंकाका प्राज्ञ डा. एम शरीफ असिस र नेपालका डा. पियारत्न महर्जनले पनि नेपालमा भारतीय हस्तक्षेपका बारेमा बोलेका थिए ।

भारतले करिब ६० हजार वर्गकिलोमिटर नेपाली भूमिमा सात दशकभन्दा बढी समयदेखि उपनिवेश कायम गर्दै आइरहेको नेपालले बताए । उनलेउ भारतलाई दवाव दिन अन्तर्राष्ट्रिय जगतसँग आह्वान गरे ।

यसैगरि, लिम्पियाधुरा-कालापानी-लिपुलेकलाई भारतले आफ्नो राजनीतिक नक्सामै राखेर त्यहाँ अवैध संरचना निर्माण गरेको विषय पनि नेपालले ध्यानाकर्षण गराएका थिए ।

भारतले सयौं वर्षअघिदेखि त्यहाँ बसिरहेका नेपालीभाषीलई आफ्नै देशमा शरणार्थी बनाई मानवअधिकार हनन गरेको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *