निर्धारित मितिमा चुनाव गराउन गृह मन्त्रालय तयार – Nepal Press

निर्धारित मितिमा चुनाव गराउन गृह मन्त्रालय तयार

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् ।

गृहमन्त्री अधिकारीले मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि आवश्यक तयारी गरिसकेको बताएका हुन् ।

आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन कुन जिल्ला वा निर्वाचन क्षेत्रमा कसरी गर्ने समेतको खाका बनाइसकेका छौं’ मन्त्री अधिकारीले भने, ‘अब हामीलाई तोकिएको मितिमा चुनाव गर्न केही समस्या छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर