एमाले कर्णालीद्वारा तत्काल बजेट अधिवेशन बोलाउन माग – Nepal Press

एमाले कर्णालीद्वारा तत्काल बजेट अधिवेशन बोलाउन माग

सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले तत्काल प्रदेश सभाको बजेट अधिवेशन बोलाउन माग गरेको छ ।

दलका नेता यामलाल कंडेलको अध्यक्षतामा बसेको दलको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट बारे छलफल गर्नका लागि तत्काल अधिवेशन आव्हान गर्न माग गरेको हो ।

एमाले संसदीय दलका नेता यामलाल कडेलका अनुसार बैठकले संविधान तथा प्रदेश सभा नियमावलीको व्यवस्था तथा सार्वभौम प्रदेश सभालाई जनउत्तरदायी बनाई प्रदेशको भविष्यसँग जोडिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथासक्दो छिटो संसदको अधिवेशन आव्हान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरिएको हो ।

नेपालको संविधान अनुसार प्रदेश सभाले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरेको नेता कंडेलले बताए । उनले प्रदेश सभा नियमावलीको परिच्छेद १७ को नियम १३२ को दुई बमोजिम बजेट ल्याउनुपूर्व १५ दिन अघि नै विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धमा छलफलका लागि संसदमा प्रस्ताव गर्नुपर्ने र त्यो छलफल १५ दिन पहिले नै सम्पन्न गर्ने व्यवस्था रहेको स्मरण गराए ।

कानूनले नै स्पष्ट कार्यतालिका निर्देशन गरेतापनि जेष्ठ १६ गतेसम्म छलफलका लागि कर्णाली सरकारबाट बजेट अधिवेशन आव्हान नभएको उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर