लुम्बिनीले घटायो पीसीआरको शुल्क – Nepal Press

लुम्बिनीले घटायो पीसीआरको शुल्क

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना बिरामीका लागि परीक्षण गरिने पीसीआर शुल्क घटाएको छ । सरकारले १ हजार शुल्कमा पीसीआर गर्ने भनेपनि लुम्बिनी प्रादेशिक अस्पतालले २ हजार शुल्क लिने गरेको थियो ।

अस्पतालले आफै विभिन्न कारण देखाउँदै शुल्क नघटाएको समाचार सार्वजनिक भएपछि लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि शुल्क घटाएर १ हजार बनाएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका कर्मचारी श्रीराम पाण्डेका अनुसार आजैदेखि १ हजार रुपैयाँमा पीसीआर परीक्षण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर