आफ्नै कार्यकालमा भुटानी शरणार्थी समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन – Nepal Press

आफ्नै कार्यकालमा भुटानी शरणार्थी समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालका शिविरमा रहेका भुटानी शरणार्थीलाई भुटानले फिर्ता लैजानुपर्ने बताएका छन् । उनले आफ्नै कार्यकालमै भुटानी शरणार्थी समस्या समाधान गर्ने पनि बताए ।

भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले समस्या समाधान गर्ने वचन समेत दिए । ‘शरणार्थीलाई स्वदेश फर्काउने र यहाँ बसुन्जेल समस्या समाधान गर्ने दायित्व मेरो हो’ प्रधानमन्त्रीको भेटबारे रिजालले भने ।

ओलीको भनाइ उध्दृत गर्दै रिजालले भने, ‘नेपालमा बाँकी रहेका नागरिकलाई भुटानले फिर्ता लैजानुपर्छ भन्नेमा नेपाल सरकार स्पष्ट छ । सरकारले शिविरमा रहेका शरणार्थीको संख्या छानविन गरिरहेको छ ।’

१ लाख १३ हजार भुटानी शरणार्थी चाहिँ अमेरिका र युरोपमा पुनस्र्थापित भएका छन् । ती शरणार्थी ३० वर्षअघि दक्षिण भुटानबाट लखेटिएर नेपाल आइपुगेका थिए ।

यसवर्षदेखि शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले शिविरमा रासनपानी पनि दिन छाडेको छ । अधिकारवादी नेता रिजालले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि भेट गरेका थिए । उनीसँगको भेटमा ज्ञवालीले पारिवारिक पुनर्मिलन गराउने वचन दिएका थिए ।

१८ वर्षदेखि नेपाल–भुटान वार्ता हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *