पेस्तोलसहित तीन युवा प्रहरीको नियन्त्रणमा – Nepal Press

पेस्तोलसहित तीन युवा प्रहरीको नियन्त्रणमा

रुपन्देही । पेस्तोलसहितका तीन युवालाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकसहित उनीहरुलाई मर्चवारी–७ कन्चनापुरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई–७ बेतकुईयाका सुरज हरिजन, तौलन हरिजन र सम्मरीमाई–७ भुन्डिहवाका सकिल मुसलमान छन् ।

मर्चवारी–७ कन्चनापुरस्थित प्रहरी चौकी पाण्डेपिप्रहवा र सशस्त्र बीओपी पुर्नीकोटबाट खटेका सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यूपी ५५ एन ४९४९ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई खानतलासी गर्दा गोली नभएको कटुवा पेस्तोल फेला परेको हो । पेस्तोल र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका उनीहरुलाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर