मास्टरसेफ रनरअप सन्तोष शाह काठमाडौंमा, नेपाली रिसोर्टमा खानाको मौलिकता सिकाउने – Nepal Press

मास्टरसेफ रनरअप सन्तोष शाह काठमाडौंमा, नेपाली रिसोर्टमा खानाको मौलिकता सिकाउने

काठमाडौं । बीबीसी रियालिटी सो मास्टरसेफमा फस्ट रनरअप भएर चर्चा बटुलेका नेपालका सन्तोष शाह आज राती काठमाडौं आउँदैछन् ।

सरकारको नीतिअनुसार उनी केही साताको लागि होटल क्वारेन्टाइनमा रहने भएका छन् । नेपाली परिकारलाई विश्व्यापी बनाउने सपना बोकेका शाह उक्त सोबाट विश्वभर चर्चित भएका थिए ।

नेपाली कोदोको खीर बनाएर चर्चा बटुलेका सन्तोषले नेपालमा पनि खानालाई प्रचारप्रसार गर्ने भएका छन् । होटल ब्यवसायी कर्ण शाक्यले शाहलाई आफ्नो पार्क भिलेज रिसोर्टमा निम्तो गरेका छन् ।

मौलिक नेपाली खाना कसरी बन्छ भनेर शाहलाई आफूले चिनाउने भन्दै शाक्यले तस्विरमा कमेन्ट गरेका छन् । नेपालको घर सिराहा भएका सन्तोष लन्डनको सिनामोन किचरका मुख्य भान्से पनि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर