प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन – Nepal Press

प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

नेपाल प्रेस २०७७ माघ २८ गते २०:२१
२०७७ माघ २८ गते २०:२१

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शक्ति प्रदर्शनन्तर्गत काठमाडौं उपत्यकामा जुलुस निकालेको छ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल गरी उपत्यकाका पाच ठाउबाट जुलुस निस्कीएको थियो । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत सबै केन्द्रीय नेताले जुलुसको नेतृत्व गरेका थिए । जुलुस सुन्धारा–वीर अस्पताल–जमल–घण्टाघर–बागबजार–पुतलीसडक–पद्मोदय मोड–प्रदर्शनी मार्ग हुदै भृकुटीमण्डपस्थित सभास्थलमा परिणत भएको थियो ।