कालीमाटी तरकारी बजार र माछा पसलमा परीक्षण टोलीसहित महानगरको अनुगमन (तस्बिरहरु) – Nepal Press

कालीमाटी तरकारी बजार र माछा पसलमा परीक्षण टोलीसहित महानगरको अनुगमन (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । दसैँको बेला हुने खाद्यको बस्तुको गुणस्तरमा ठगीलाई रोक्न महागगरले बजार अनुगमनलाई तीव्र पारेको हो ।

महानगरपालिकाले आज महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ । कालीमाटीकाे माछा पसल  र  तरकारी बजार अनुगमन गर्न महानगरका कर्मचारीसहित परिक्षण टोलीसमेत पुगेका छन् ।

परीक्षण टोलीले बजारमा बेच्न राखिएको माछा तरकारीहरुको गुणस्तर चेकजाँच गरिरहेको छ । साथै पसलेहरुसँग सामानको बील समेत मागेका छन् । यस्तै अनुगमन टोलीले कालीमाटी तरकारी बजारमा अनुगमन गरेको छ ।

यसअघि केही दिन अघि उपमेयर सुनिता डंगोलले टुकुचास्थित तरकारीबजार, थापाथलीकोसुपथ मूल्यको पसलमा अनुगमन गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *