मोरङ र पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु – Nepal Press

मोरङ र पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । मोरङ र नवलपरासीका अलग-अलग ठाउँमा भएका सवारी दुर्घटनामा तीन जनाको मुत्यु भएको छ ।

पूर्वी नवलपरासीको कावासोती–८ खर्कटामा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । खर्कटा जंगलको भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना २२ प ६५५५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कावासोती नपा–३ का २४ वर्षीय हेमराज थापा र कावासोती नपा–८ का २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङको लेटाङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने घटनामा अन्य १६ जना घाइते भएका छन् । यसैबीच मोरङको लेटाङ नगरपालिका– १ अधेरीस्थित भित्री कच्चीसडक खण्डमा शुक्रबर साँझलेटाङबाट कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो ।

बुलेरोमा सवार लेटाङ १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा परी घाइते १६ जनाको विराटनगका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

सडकबाट करिब तीन सय मिटर तल खसेको बुलेरोमा १७ जना सवार थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर