सशस्त्रको केन्द्रीय भण्डारमा लागेको आगलागी छानबिन गर्न सहसचिवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन – Nepal Press

सशस्त्रको केन्द्रीय भण्डारमा लागेको आगलागी छानबिन गर्न सहसचिवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बल–एपीएफको बलम्बुस्थित केन्द्रीय भण्डारमा सोमबार साँझ भएको आगलागीको छानबिन गर्न समिति गठन भएको छ ।

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पान्डेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितीमा एपीएफका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रक कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणी पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ रहेका छन् ।

समितिले आगलागीको क्षतिको विवरण, आगलागीको कारण, भण्डारमा आगलागी तथा अन्य विपद्जन्य जोखिम न्युनिकरणका लागि गरेको पूर्व तयारी एवम् आगामी दिनमा यस्ता घटना हुन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन १० दिनभित्र बुझाउनुपर्ने जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर