केजरिवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश – Nepal Press

केजरिवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं । भारतीय अदालतले नयाँ दिल्लीका मुख्यमन्त्रीलाई थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।

जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार केजरिवाललाई अप्रिल १५ सम्म थुनामा राख्न आदेश दिएको छ ।

मदिराको इजाजत दिने सवालमा भएको भ्रष्टाचारको आरोपमा केजरिवाललाई भारतीय अधिकारीहरूले पक्राउ परेका हुन् ।

केजरिवालले भ्रष्टाचारको आरोपको खण्डन गरेका छन् भने उनका समर्थकले झुटो मुद्दा लाइएको भन्दै प्रदर्शन गरेका छन् ।

भारतमा हुन लागेको केन्द्रीय चुनाव अगाडि भएको पक्राउलाई धेरैले चुनावी नतिजालाई तलमाथि गर्ने कोणमा अर्थ्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *