सिंहदरबार गेटमा रुसी फौजमा बेपत्ता भएकाका आफन्तको प्रदर्शन (तस्बिरहरू/भिडिओ) – Nepal Press

सिंहदरबार गेटमा रुसी फौजमा बेपत्ता भएकाका आफन्तको प्रदर्शन (तस्बिरहरू/भिडिओ)

काठमाडौं । रुसी फौजमा ज्यान गुमाएका तथा बेपत्ता भएकाका परिवारले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् । सिंहदरबारको दक्षिण गेटअगाडि विरोध गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा महिला र केही बालबालिका पनि छन् ।

बेपत्ता भएकालाई स्वदेश फर्काउन पहल गरिदिन साथै ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसअघि पनि रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारले खोजीका लागि सरकारसँग याचना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *