उपनिर्वाचनमा हाम्रो जस्तो माओवादीको प्रष्ट गणित भएको भए खुला दिलले समर्थन गर्थ्यौं: ओली (भिडिओ) – Nepal Press

उपनिर्वाचनमा हाम्रो जस्तो माओवादीको प्रष्ट गणित भएको भए खुला दिलले समर्थन गर्थ्यौं: ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने दाबी गरेका हुन् ।

एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने उनले जिकिर गरे ।

उनले भने, ‘विगतमा विभिन्न कारणले र एउटा महत्वपूर्ण कारण हाम्राविरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरु सबै एकातिर भएको अवस्थाको हामीले सामना गर्नुपरेको थियो र पराजयको पीडा व्यहोर्नुपरेको थियो । यस पल्ट हामी त्यस पीडालाई सुखद परिणामतर्फ रुपान्तरित गर्न चाहन्छौं । परिवर्तन गर्न चाहन्छौं । यस पटक हामी हार्दैनौं । यस पटक हामी जित्छौं । यस पल्ट हामीले हार्नै मिल्दैन ।’

उनले अन्तिमसम्म माओवादीले एमालेलाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, हामीले प्राविधिक रुपमा हारेका थियौं । तर, त्यहाँ समाजवादी र माओवादीको भोटले कांग्रेसले जितेको थियो । आफ्नै बलमा होइन । हामीले १३ हजार ६०० ल्यायौं, उनीहरुले १६ हजार तीनसय ल्याए । त्यहाँ चार हजार माओवादीको छ, दुई हजार समाजवादीको छ । त्यो घटाउँदा १० हजारमा आयो । मलाई विश्वास छ, अन्तिम समयसम्म माओवादीले हामीलाई समर्थन गर्छ । कांग्रेसलाई जिताउन मिल्दैन । हाम्रो ठाउँमा माओवादी भएको भए खुला दिलले समर्थन गर्थ्यौं । गणितले स्पष्ट भएकाले हामीले छोड्न मिल्दैन । हामी १३ हजारबाट १६ हजार त पुग्छौं पुग्छौं । कांग्रेस १० हजारमा झर्छ । माओवादी र समाजवादीले साथ दियो भने त्योभन्दा माथि जान्छौं । तर, उहाँहरुले जित्ने अवस्था छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर